घर News मौरिसस सँग नेपालले दुबै खेल दशरथ रंगशालामा खेल्ने

मौरिसस सँग नेपालले दुबै खेल दशरथ रंगशालामा खेल्ने

241
0

नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो अफ्रिकन प्रतिद्वन्दी मौरिसस सँगको दुबै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फा स्रोतका अनुसार दुबै खेल दशरथ रंगशालामा हुने भएको छ । यस अघि दुबै खेल पोखरा लैजाने तयारी भए पनि निर्माणका कार्य समयमै पूरा नभएपछि एन्फा खेल काठमाडौंमै संचालन गर्ने निर्णयमा पुगेको हो । दुई मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइले सोमबार ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।नेपालले अफ्रिकी राष्ट्र मोरिसससँग घरेलु मैदानमा माघ १५ र १८ गते गरि दुई मैत्रीपूर्ण खेल खेल्दैछ । मोरिसस नेपालको पहिलो अफ्रिकी प्रतिद्वन्द्वी हो । नेपाली टोलीले पछिल्लो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपाल ३ शुन्यले पराजित भएको थियो ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here