घर News स्वास्थ्य मापदण्ड पालना नगरेको कसुरमा जोकोभिचको अष्ट्रेलियन भिसा रद्द

स्वास्थ्य मापदण्ड पालना नगरेको कसुरमा जोकोभिचको अष्ट्रेलियन भिसा रद्द

कोरोना सम्बन्धि स्वास्थ्य मापदण्ड पालना नगरेको कसुरमा अष्ट्रेलियाले सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचको अष्ट्रेलियन भिसा रद्द गरेको छ । विश्व नम्बर एक टेनिस खेलाडी जोकोभिच अष्ट्रेलियन ओपन खेल्न मेलबर्न पुगेपछि अष्ट्रेलियाले भिसा रद्द गरिदिएको हो ।अष्ट्रेलियन बोर्डर फोर्सका अनुसार जोकोभिच र उनको टिमले अष्ट्रेलिया प्रवेशको लागि आवश्यक पर्ने स्वास्थ्य मापदण्ड पालना गरेको प्रमाण पेस गर्न सकेनन् । मेलबर्न विमानस्थलमा घण्टौ सम्म नियन्त्रणमा राखे पछि जोकोभिचलाई अहिले अष्ट्रेलियन सरकारको स्वामित्वको रहेको एक होटलमा राखिएको छ । उक्त होटलमा अष्ट्रेलिया प्रवेश गर्ने अवैध आप्रवासीहरुलाई राखिंदै आईएको थियो । अब मेलबर्नबाट सर्विया फर्कने उडान मार्फत जोकोभिचलाई फिर्ता पठाइनेछ । जोकोभिचले यस अघि कोरोना विरुद्धको खोप नलगाएपनि आफुलाई अष्ट्रेलियन ओपन खेल्न अष्ट्रेलिया सरकारले अनुमति दिएको बताएका थिए । यसैबीच, अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले स्वास्थ्य मापदण्ड र सिमा सुरक्षा कानुन भन्दा माथि कुनै पनि नागरिक नभएको भन्दै जोकोभिचको भिसा रद्द गर्ने निर्णयको बचाउ गर्नुभएको छ । सर्वियाका राष्ट्रपति अलेक्जेण्डर भुसिकले स्टार खेलाडी जोकोभिच अष्ट्रेलियामा अपमान र अभद्र व्यवहारको शिकार भएको भन्दै भत्सर्ना गर्नुभएको छ । विकसित घटनाक्रमपछि जोकोभिचले वर्षको पहिलो ग्राण्डस्लाम टेनिस प्रतियोगिता अष्ट्रेलियन ओपन खेल्न नपाउने भएका छन् । अष्ट्रेलियन ओपन यही जनवरी १७ तारिखबाट मेलबर्नमा हुँदैछ ।

226
0

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here