घर News ‘ए’ डिभिजन लिग फुटबलका आठौं चरणका खेलहरु आजबाट सुरु हुँदै

‘ए’ डिभिजन लिग फुटबलका आठौं चरणका खेलहरु आजबाट सुरु हुँदै

215
0

सहिद स्मारक ए डिभिजन लिग फुटबलका आठौं चरणका खेलहरु आजबाट हुँदैछ । आठौं चरणको पहिलो खेलमा आज दिउसो १ बजे संकटा क्लब र सात दोबाटो युथ क्लब भिड्ने छन् । दरशरथ रंगशालामै हुने दोस्रो खेलमा साँझ पौने ५ बजे सशस्त्र प्रहरीको एपिएफ क्लबले जावलाखेल युथ क्लबको सामना गर्नेछ । लिगमा सातौं चरणका खेलहरु सकिंदा १७ अंक जोडेको मच्छिन्द्र क्लब शिर्ष स्थानमा रहेको छ । उसले आगामि सिजनको ए।एफ।सी कप खेल्ने पक्का भईसकेको छ । उपाधि होडमा मच्छिन्द्रलाई १ अंकले पछ्याईरहेको मनाङ मस्र्याग्दी क्लब १६ अंकसहित दोस्रो स्थानमा रहेको छ । १३ अंक जोडेको संकटा क्लब तेस्रो स्थानमा रहँदा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लबको ११–११ अंक रहेको छ । तालिकामा दशौंदेखि १४ औं स्थानसम्म रहेका एपिएफ, नेपाल पुलिस, ब्रिगेड ब्वाइज, च्यासल युथ र फ्रेण्ड्स क्लब रेलिगेसनको खतरामा रहेका छन् ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here