घर News स्याङ्जाको तामेकोट दरबारको अनुसन्धान थालियो

स्याङ्जाको तामेकोट दरबारको अनुसन्धान थालियो

258
0

स्याङ्जाको गल्याङ नगरपालिकाको ऐतिहासिक तामेकोट दरबार माथि अनुसन्धान शुरु भएको छ । पाँच सय वर्ष अघि गुरुङहरूको भुरे(टाकुरे राज्य रहेको तामेकोट दरबार क्षेत्र अहिले अवशेषको रुपमा मात्र रहेको छ । स्यालबास डाँडामा दरबारको पर्खाल तथा पूजास्थल भग्नावशेषको रुपमा रहेको छ । हात्तीस्थान फाउन्डेसन नामक संस्थाले गत साता दरबार पुनर्निर्माणको उद्देश्य सहित तीन दिने ‘तामेकोट(हात्तीस्थान समिट’आयोजना गरिसकेको छ । उक्त कार्यक्रममा गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले दरबार पुनर्निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । मुख्यमन्त्रीले अवशेषको रुपमा रहेको दरबारलाई ब्युँझाएर सांस्कृतिक सम्पत्तिको संरक्षण गर्ने कुरामा प्रदेश सरकार सचेत रहेको बताएका थिए । डा। शिवशंकर बस्यालको नेतृत्वमा उक्त दरबारको पुनर्निर्माण भइरहेको छ । बस्यालले तामेकोट दरबारको कथा माथि आधारित ‘रानीफाल’उपन्यास समेत लेखेका छन् । यता निर्देशक यादव भट्टराईले तामेकोट दरबारको इतिहासमाथि आधारित फिल्म बनाउने घोषणा गरिसकेका छन् । जनश्रुतिअनुसार तामेकोट राज्य ९मध्यकाल० मा एक जना विलासी राजा थिए । उनका कारण त्यहाँका प्रजाले निकै दुःख भोग्नु परेको थियो । यही कारण रानीले राजालाई नजरबन्द गरी शासनलाई आफ्नो बागडोरमा लिन्छिन् । त्यसबेला राज्य भित्रको आन्तरिक षड्यन्त्र र बाह्य राज्यको आक्रमण विरुद्ध रानीले बहादुरीपूर्वक लडेर जीवन आहुति दिएकी हुन्छिन् ।‘केही वर्ष पहिला तामेकोट क्षेत्रमा फलाम र तामाका हतियार, धातुहरू भेटिएको थियो,’ बस्यालले भने, ‘खोजका क्रममा तामेकोट दरबार रहेको प्रमाणहरू प्रशस्त भेटिएका छन् । यसैलाई आधार मानेर थप अनुसन्धान गरिरहेका छौं ।’दुई वर्ष भित्र सम्पूर्ण अनुसन्धानको काम सकेर दरबार पुनर्निमाण शुरु हुने उनी बताउँछन् ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here