घर News साइप्रसमा कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन‘ भेटियो

साइप्रसमा कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन‘ भेटियो

238
0

कोभिडको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ साइप्रसमा भेटिएको छ । डेल्टा र ओमिक्रोन मिश्रित सो भेरियन्ट भएकाले वैज्ञानिकहरुले सो भेरिएन्टको नाम ‘डेल्टाक्रोन’ दिएका छन् । डेल्टाक्रोन बाट २५ जना संक्रमित भइसकेको बताइएको छ । जसमध्ये ११ जनाको अस्पतालमा उपचार भइरहेको छ । साइप्रसमा डेल्टाक्रोन देखा परेको युनिभर्सिटी अफ साइप्रसका प्राध्यपाक तथा लेब्रोटरी अफ बायोटेक्नोलोजी एन्ड मोलिकुलर भाइरोलोजीका प्राध्यापक लियोडियोसले बताए । जनवरी ७ मा डेल्टाक्रोनका २५ सिक्वेन्स जीआइएसए आईडीमा पठाइएको थियो । जीआइएसए आईडी अन्तर्राष्ट्रिय डाटावेस हो, जसले भाइरसको परिवर्तन पत्ता लगाउछ । नयाँ भाइरस बारे अरु थप अनुसन्धान भइ रहेको बताइएको छ ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here