घर News माघे संक्रान्तिमा काठमाडौंमा तरुलको व्यापार बढ्यो, सेता भन्दा राता तरुल महंगा

माघे संक्रान्तिमा काठमाडौंमा तरुलको व्यापार बढ्यो, सेता भन्दा राता तरुल महंगा

246
0

माघे संक्रान्ति नजिकिए सँगै काठमाडौंमा तरुलको व्यापार बढेको छ । काठमाडौंको कालिमाटी स्थित फलफूल तथा तरकारी बजारमा गत वर्षको तुलनामा तरुलको व्यापार बढेको व्यापारीहरू बताउँछन् । सर्लाहीबाट तरुल बिक्री गरेका व्यापारी रामबाबु साहले तरुलको मूल्य प्रतिकेजी ७ रुपैयाँ रहेको जानकारी दिनु भयो । गत वर्ष भन्दा यस वर्ष तरुलको व्यापार बढे पनि मूल्य भने नबढेको साहको भनाइ छ । यता, चितवनबाट ल्याइएको रातो तरुल भने प्रतिकेजी १ सय ५० रुपैयाँ सम्ममा बिक्री भइ रहेको व्यापारी ईश्वर ढकालले बताउनु भयो । रातो तरुल राम्रो हुने भएकाले यसको मूल्य अन्य तरुलको भन्दा बढि भएको उहाँको भनाइ छ । व्यापारीहरूका अनुसार यस वर्ष काठमाडौंमा सर्लाही र चितवनको तरुल बढि भित्रिएको छ । ग्राहकहरूले पनि सस्तो मूल्य हुने भएकाले कालिमाटी बजारबाटै तरुल खरिद गर्ने गरेको बताएका छन् । ललितपुरकी मुना थापाले सस्तोमा पाइने भएकाले तरुल खरिद गर्न कालिमाटी आएको बताउनु भयो । अघिल्लो वर्ष कोरोनाका कारण तरुलको व्यापार घटेको थियो भने मूल्य केही बढेको थियो । माघे संक्रान्तिमा तरुल खाने नेपाली प्रचालन छ । पोषण विद्हरूका अनुसार तरुलले शरीरलाई फाइदा पुर्याउँछ ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here