घर News नेपाली नर्स बेलायत लाने बारे औपचारिक वार्ता हुँदै

नेपाली नर्स बेलायत लाने बारे औपचारिक वार्ता हुँदै

237
0

 नेपाली नर्सलाई बेलायतमा रोजगारीको अवसर दिने बारे बेलायत र नेपाल बीच औपचारिक वार्ता आज शुक्रबारदेखि शुरु हुने भएको छ । नेपाल र बेलायत सरकारले गठन गरेको वार्ता टोलीले शुक्रबार देखि औपचारिक रुपमा नर्स बेलायत लैजाने बारे छलफल गर्न लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताए । बेलायत सरकारले एक पत्र पठाए पछि मन्त्रालयले दुबै पक्ष बाट कार्यदल बनाएर वार्ता अघि बढाउन बेलायत सरकारलाई प्रस्ताव गरेको थियो । त्यसैअनुसार बेलायतले नेपालस्थित दूतावासका एक अधिकारीको नेतृत्वमा वार्ता टोली बनाएको छ । नेपाली वार्ता टोलीको नेतृत्व मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्ने छन् । बेलायतसँग करार अवधि, श्रमिकको हित, सुविधा र छनोट विधिसहितका प्रक्रिया बारेमा छलफल हुने छ । वार्ता सफल भएमा बेलायतले नेपाल बाट चरणबद्ध रुपमा नर्सहरु लैजाने प्रवक्ता घिमिरेको भनाइ छ ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here