प्रदेश नं. १, विराटनगर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका केही कर्मचारी तथा सचिवालय सदस्यलाई कोरोना पोजेटिभ देखिए पछि ‘कन्ट्याक्ट ट्रेसिङ’ का आधारमा माघ १० गते गरिएको परीक्षणमा मुख्यमन्त्री राजेन्द्रकुमार राईको नतिजा नेगेटिभ आएको छ । मुख्यमन्त्री राई सहित उहाँकी श्रीमती शोभा पाठकको नतिजा पनि नेगेटिभ आएको छ ।
विराटनगर कोशी प्रोजेक्ट स्थित मुख्यमन्त्री निवासमा गरिएको ३२ वटा स्वाब संकलनमा ७ जनाको नतिजा भने कोरोना पोजेटिभ आएको छ । जसमा मुख्यमन्त्रीका एक जना स्वकीय सचिव, दुई जना चालक, एक जना प्रहरी र तीन जना कार्यालय सहयोगीको नतिजा पोजेटिभ आएको छ । यसअघि मुख्यमन्त्री सचिवालय तर्फ एक जना निजी सचिव र एक जना अधिकृतमा कोरोना पोजेटिभ देखिएको थियो । यस सँगै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोरोना पोजेटिभ हुने संख्या नौ पुगेको छ ।