मोरङ्गको केराबारीका युवायुवतिका लोकप्रिय कलाकार कमल खत्रीको सांगितिक प्रस्तुतीमा रमाएका छन्। मच्छिन्द्रनाथ मेलाको दोश्रो दिन गायक खत्रीले केराबरीबासीलाई भरपुर मनोरञ्जन प्रदान गरेका हुन्।
उपस्थित श्रोता दर्शकलाई नचाउँँदै सँगै आफूपनि नाचेर प्रस्तुति दिएका खत्रिले दर्शकले कार्यक्रमलाई अझ रोचक अनि माहाल ताएको थियो। पौने घण्टा सम्म एकल सांगितिक कार्यक्रम प्रस्तुति दिएका गायक खत्रीले जाउँला रेलैमा बोलको गीतबाट प्रस्तुती शुरु गरेका थिए। त्यसपछि रात बित्यो रात बित्यो हेर्दा हेर्दै रात बित्यो, चोख्यो माया तिमीलाई….. , प्रेम गीत चलचित्रको म गीत हुँ तिम्रो……, कसम हजुर ….. लगायत चर्चित ९ ओटा गित प्रस्तुत गरेका थिए।
लामो समयपछि राष्ट्रिय कलाकारको साथमा सांगितिक कार्यक्रममा झुल्न पाएका केराबारीबासीले पौषको चिसो रात पनि नभनी खुल्ला आकाशमुनि रमाइलो गरे। दर्शकको भरपुर साथ पाएका गायक खत्रीले स्टेचमा आफू पनि नाचेर प्रस्तुति दिँदा जाडो मौषममा पनि खलखली पसिनाले भिजेका थिए।
अघिल्लो दिन राम्ररी मनोरञ्जन लिन नपाएपनि दोश्रो दिनको कार्यक्रमले भने धेरै उत्साहित बनेको दर्शकले प्रतिकृया दिएका छन्। माघ ३ गते सम्म चल्ने ऐतिहासिक धार्मिक साँस्कृतिक मच्छिन्द्रनाथ मेलामा हरेक दिन राष्ट्रिय कलाकारहरुले मनोरञ्जन प्रदान गरिरहेका छन्।