घर प्रदेश चौबिस घण्टामा एक हजार ११वटा सवारी साधनलाई कारबाही

चौबिस घण्टामा एक हजार ११वटा सवारी साधनलाई कारबाही

1007
0

१नम्बर प्रदेशका १४जिल्लामा २४घण्टामा एकहजार ११ वटा सवारी साधन ट्राफिक कारवाहीमा परेका छन्। शनिबार बिहान ६ बजे देखि आईतबार बिहान ६बजे सम्ममा सवारी नियम उल्लंघन गर्ने ति सवारी साधन कारबाहिमा परेका हुन्।

एक नम्बर प्रदेश ट्राफिक कार्यालय इटहरी र मातहत कार्यालयहरु समेतबाट, मादक पदार्थ सेवन गरेर सवारी चलाउने २४जना, मोटरसाईकलमा ३ जना चढेर यात्रा गर्ने २९जना, हेल्मेट नलगाईकन मोटरसाईकल चलाउने १६जना, क्षमता भन्दा बढी मालसामान ढुवानी गर्ने १सय १४जना, सवारी चालक अनुमति पत्र नभएका ४४जना, सवारी चालक अनुमति नभएकालाई सवारी साधन चलाउन दिने ३८ जना, जथाभावी पार्किङ्ग गर्ने ४९जना, रोक्न निषेधमा सवारी साधन रोक्ने ७१जना कारबाहीमा परेका हुन्।

यस्तै पार्किङ्ग निषेधमा सवारी साधन पार्किङ्ग गर्ने ६१ जना, सुरक्षा पेटी नबाध्ने ३६ जना, कागज पत्र साथमा नराख्ने १ सय ९८ जना, ट्राफिक ईशारा उल्लघंन गर्ने ९ जना, सवारी साधनमा बत्तीको अवस्था ठिक नभएका ३२ जना, तिब्रगतिमा सवारी चलाउने ४५ जना, हर्न निषेधमा हर्न बजाउने ५जना, ढोका खुल्ला गरी सवारी साधन चलाउने ३५ जना, हद भन्दा बढी मालसामान ढुवानी गर्ने ४६जना, लापरवाही साथ सवारी साधन चलाउने १५६ जना र बिना रुट परमिट सवारी साधन चलाउने ३ जना गरी एक हजार एघार जना सवारी चालक तथा धनीहरु ट्राफिक कारवाहीमा परेको एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।

यसैगरी सवारी दुर्घटना न्यूनीकरणको लागि एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरी एवं मातहतका १४जिल्लामा दुर्घटना न्यूनीकरणको लागि बिभिन्न सवारी चालक, सर्वसाधारण, बिद्यार्थीलाई ५० वटा सचेतनामुलक कार्यक्रम मार्फत १हजार २सय ४ जनालाई सचेतनामुलक प्रशिक्षण गर्नुका साथै ३५० प्रति पर्चा पम्प्लेट बितरण गरिएको छ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here