घर राजनीति टेकुमा सहिद शुक्रराज शास्त्रीको शालिक अनावरण

टेकुमा सहिद शुक्रराज शास्त्रीको शालिक अनावरण

603
0

काठमाडौंको टेकु मचलीस्थित सहिद शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिइएको स्थानमा उनको पूर्ण कदको शालिक अनावरण गरिएको छ।

सहिद सप्ताहका कार्यक्रमअन्तर्गत बिहिबार खरिबोटमुनि आयोजना गरिएको श्रद्धाञ्जली सभामा कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेल र महानगरका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रूपमा शालिकको अनावरण गरेका हुन्।

महानगरको वडा १२ ले १० लाख खर्च गरेर पित्तलको साढे ५ फिट अग्लो पूर्ण कदको शालिक निर्माण गराएको हो। शास्त्रीलाई खरिबोटको उत्तर मोहडामा १९९७ साल माघ १० झुण्ड्याइएको थियो। शालिक महेश तुलाधरले ४ महिना समय लगाएर तयार पारेका हुन्।

सो कार्यक्रममा बोल्दै कार्यबाहक प्रधानमन्त्री पोखरेलले भने, ‘सहिदको बलिदानीले अहिलेको प्रणालीमा आइपुगेको प्रसंग उल्लेख गर्दै यस प्रणालीलाई टिकाउन सबै दलको एउटै दृष्टि हुनुपर्छ।’

सभामा महानगरका प्रमुख शाक्यले भने,‘सहिदहरूको योगदान चीरकालसम्म चर्चामा हुनेछ। हामी पनि लामो समयसम्म चर्चा हुने काम गर्न चाहन्छौं तर धेरै बोलेर काम गर्नै नदिने परिपाटीले हैरान बनाएको छ।’

वि. सं. १९५० सालमा बनासरमा जन्मेका शुक्रराज शास्त्री धार्मिक गतिविधिमार्फत् जहानियाँ शासनविरूद्ध जागरण अभियानमा सक्रिय थिए। 
सहिद सप्ताहका बाँकी कार्यक्रमहरूमा माघ १३ गते सिफलमा सहिद धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा र माघ १५ गते शोभा भगवतीमा सहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थानमा श्रद्धाञ्जली सभा हुनेछ । त्यस्तै माघ १६ गते सहिद स्मारक लैनचौरमा ज्ञात अज्ञात सहिदप्रति श्रद्धाञ्जली सभा हुनेछ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here