घर राजनीति डाभोस विश्व आर्थिक मञ्च : नेता, व्यवसायी, अर्थविद् र अनुसन्धाताको कुम्भमेला

डाभोस विश्व आर्थिक मञ्च : नेता, व्यवसायी, अर्थविद् र अनुसन्धाताको कुम्भमेला

578
0
l:j6h/Nof08sf] 8fef];df cfof]lht ljZj cfly{s d~rsf] …blIf0f Pl;ofdf /0fgLlts kl/b[ioÚÚ ljifos 5nkmn sfof{qmddf af]Ng'x'Fb} k|wfgdGqL s]kL zdf{ cf]nL . t:jL/ M ;f}HoGo jN8{ Osf]gf]lds kmf]/dsf] nfOe lkmª÷/f;;

स्वीटजरल्याण्ड – विश्व आर्थिक मञ्च अर्थात् डाभोस फोरमको वार्षिक बैठक विश्वका राजनीतिक नेता, अर्थविद्, प्राविधिक, अनुसन्धाता तथा नागरिक समाजका अगुवाको कुम्भमेलाका रुपमा मङ्गलबार आरम्भ भएको थियाे । 

माइनस १० डिग्रीको चिसो र जताततै हिउँ नै हिउँले ढाकिएको वातावरणमा विश्वको आर्थिक अवस्थामा सुधार कसरी ल्याउने भन्नेमा चिन्तन मनन गर्न यी उच्च प्रतिनिधि व्यस्त रहेका छन् । यतिबेला, करिब ११ हजार मात्र जनसङ्ख्या बसोबास गर्ने डाभोस क्लोस्टर्स शहरका होटल विश्वभरका आगन्तुकले भरिएका छन् । 

मञ्चका संस्थापक तथा वर्तमान अध्यक्ष क्लाउस स्वाबले विश्वभरबाट भेला भएका करीब १०० देशका तीन हजार प्रतिनिधिलाई स्वागत गर्दै विश्वले सामना गरिरहेका प्रतिकूल परिस्थतिलाई मिलेर समाधान काम गर्नुपर्ने बताउनुभयो । उहाँले जलवायु परिवर्तनका असर, गरीबी निवारण तथा बालबालिकाको शिक्षाको सुनिश्चितताका लागि सबैले योगदान गर्नुपर्ने बताउनुभयो । 

स्विट्जरल्याण्डका राष्ट्रपति उइली माउररले डाभोस मञ्चले कुनै भेदभाव नगरी सबैको आपसी सहयोगबाट विश्वका समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । 

याे सत्रमा माइक्रोसफ्ट कम्पनीका कार्यकारी प्रमुख सत्य नाडेल्लालगायत विश्वलाई नै प्रतिनिधित्व गर्ने सार्वजनिक क्षेत्रका चर्चित र सफल युवाले आफ्नो अनुभव प्रस्तुत गरेका थिए । उनीहरुले स्थानीयकरणले नै विश्वव्यापीकरणलाई सघाउने बताएका थिए । 

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here