घर अर्थ / वाणिज्य पियरसनद्वारा काठमाडौंमा दोस्रो ‘पीटीई एकेडेमिक सेन्टर’ को शुरुवात

पियरसनद्वारा काठमाडौंमा दोस्रो ‘पीटीई एकेडेमिक सेन्टर’ को शुरुवात

363
0

काठमाडौं– विश्वकै उत्कृष्ट अध्ययन कम्पनी पियरसनले काठमाडौंमा पियरसन इङ्ग्लिस एकेडेमिक ‘पीटीई एकेडेमिक’ को उद्घाटन गरेको छ ।

यो नयाँ केन्द्रको स्थापनासँगै पियरसनको पीटीए एकेडेमिको पहुँच वृद्धि गर्ने, आप्रवासी र विदेशमा पढ्न इच्छुक व्यक्तिलाई अध्ययनका लागि सहयोग गर्ने, छिटो र विश्वव्यापी मान्यता प्राप्त गर्ने अंग्रेजी भाषा प्रवीणता परिक्षण बनाउने उद्देश्य पछ्याउनेछ । 

पीटीई एकेडेमिक एक कम्प्यूटरमा आधारित भाषा परिक्षण हो । यसले सटीक र निष्पक्ष स्कोर परिणामको लागि धेरै लोकप्रियता प्राप्त गरिरहेको छ ।

परीक्षण स्कोर वैधता प्रदान गर्नका लागि पियरसन परीक्षण केन्द्रहरुले स्टेट अफ आर्ट, उद्योगका प्रमुख सुरक्षा उपायहरु जस्तै पाल्म–स्क्यानिङ, सुरक्षित पेपरलेस परिणामहरु, अनियमित परिक्षण ढाँचा र सीसीटिभी समावेश गर्ने जस्ता प्रयोय गरेर आकांक्षा अनुसार परिक्षण वातावरणलाई नियन्त्रण गर्छ ।   

उद्घाटन कार्यक्रममा बोल्दै पियरसन इन्डियाका प्रबन्ध निर्देशक विकाश सिंहले भने, ‘अंग्रेजी भाषा प्रवीणता प्रोफेसर र विदेशमा करिअर खोज्ने विद्यार्थीहरुको सफलताका लागि निकै महत्वपूर्ण छ । हामीले अंग्रेजी परिक्षण गर्नेहरुका लागि पीटीई एकेडेमिक उचाईमा पुगिरहेको देखिरहेका छौँ किनभने यो पूर्णरुपमा अनलाइन परिक्षा प्रणाली हो ,त्यसैले यो अत्यन्तै सुविधाजनक र सुरक्षित तरिकाले छिटो परिणाम वितरण गर्छ ।’

ब्रिटिश कलेजका सीईओ राजन कँडेलले भने, ‘पीटीई एकेडेमिक आप्रवासी र विदेशमा अध्ययन गर्न चाहनेहरुका लागि एक विदेशी कम्प्यूटर आधारित अंग्रेजी परिक्षा हो । हामी पीटिई एकेडेमिकका लागि पियरसनसँग सहकार्य गर्न पाउँदा निकै गर्व महशुस गरेका छौँ ।

हाम्रो परिक्षण केन्द्रले काठमाडौंमा पीटीई एकेडेमिक परिक्षालाई अझै बढि पहुँच प्रदान गर्नेछ जसले परिक्षार्थीलाई सुविधाजनक, निरन्तर र व्यावसायिक परिक्षण वातावरण प्रदान गर्छ । ’

पीटिई एकेडेमिक हार्वर्ड स्कुल, येल यनिभर्सिटी, इनसिड, लण्डन बिजनेस स्कुल लगायतका विश्वविद्यालय र कलेजहरुद्वारा स्वीकृती प्राप्त गरिसकेको छ । यसलाई अष्टे«लिया र न्यूजील्यान्ड विश्वविद्यालयहरुले १०० प्रतिशत स्वीकार गरिसकेको छ ।

संयुक्त राज्य अमेरिका, यूके, क्यानडा, सिंगापुर र जर्मनीमा यसको स्वीकृत संख्या वृद्घि भइरहेको छ । यस परिक्षण अष्ट्रेलिया र न्यूजील्यान्डको भिसा र माइग्रेसनको आवेदन फर्मका लागि पनि प्रयोग गर्न सकिन्छ ।

पीटिई एकेडेमिक

पीटीई एकेडेमिक कम्प्यूटर आधारित भाषा परिक्षा हो जसले अन्तर्राष्ट्रिय विद्यार्थीहरु र रोजगारी खोज्नेहरुका लागि छिटो, निष्पक्ष, लचिलो तरिकाले आफ्नो अंग्रेजी भाषा परिक्षण गर्ने माध्यम हो । यस परिक्षणले अष्ट्रेलिया, आयरल्यान्ड र न्यूजील्यान्डको विश्वविद्यालयमा सत प्रतिशत स्वीकृती पाइसकेको छ ।

पीटीई एकेडेमिक संयुक्त राज्य अमेरिका, यूके, क्यानडा, सिंगापुर, हार्वर्ड बिजनेस स्कुल, येल विश्वविद्यालय, इनसिड र लण्डन बिजनेस स्कुल जस्ता प्रसिद्घ कलेज, विश्वविद्यालय, परिक्षण प्रदायक र प्रोफेसनल एसोसिएसनद्वारा मान्यता प्राप्त गरिसकेको छ । 

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here