घर खेलकुद विराट कोहली न्यूजिल्याण्डविरूद्ध २ वानडे र टी-ट्वान्टी सिरिज नखेल्ने

विराट कोहली न्यूजिल्याण्डविरूद्ध २ वानडे र टी-ट्वान्टी सिरिज नखेल्ने

336
0

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई न्यूजील्याण्डविरूद्धको अन्तिम २ वान डे र टी- ट्वान्टी सिरिजमा आराम दिइने भएको छ।

न्यूजिल्याण्डविरूद्ध जारी पाँच वानडे म्याचको अन्तिम दुई वानडे र टी- ट्वान्टी सिरिजमा आराम दिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले जनाएको छ।

विराट कोहलीलाई पछिल्लो ६ महिनाको अवधिमा यो दोस्रो पटक आराम दिइएको हो। यसअघि उनलाई एसिया कपमा आराम दिइएको थियो।

बीसीसीआईका अनुसार टिम छनोट समितिले पछिल्लो केही महिना कोहलीमाथि परेको दबाबलाई महसुस गर्दै घरेलु मैदानमा अष्ट्रेलिया विरूद्ध हुने सिरिजसम्म आराम दिने निर्णय लिएको हो।

भारतले न्यूजिल्याड भ्रमण पछि अस्ट्रेलियासँग फेरि एक पटक वानडे सिरीज खेल्नेछ। भारतमा हुने सिरिज पछि मार्च-अप्रिल-मेमा भारतमै इन्डियन प्रीमियर लिग हुनेछ। यो व्यस्त तालिकाले गर्दा कोहलीलाई आराम दिइएको हो।

भारतीय क्रिकेट बोर्डले कोहलीको स्थानमा न्यूजिल्याण्डविरूद्ध जारी सिरिजका लागि कुनै नयाँ खेलाडी नराख्ने भएको छ।

कोहलीको अनुपस्थितिमा चौथो र पाँचौ वानडेसँगै टी- ट्वान्टी सिरीजमा भारतीय टोलीको नेतृत्व रोहित शर्माले गर्नेछन्।

विराट कोहलीलाई आराम दिएसँगै शुभमन गिलले प्लेइङ ११ मा मौका पाउनेछन्।

बुधबार भएको सिरिजको पहिलो खेलमा भारतले घरेलु टोलीलाई ८ विकेटले हरायो।

यो न्यूजिल्याण्डविरूद्ध उसकै मैदानमा भारतको सबैभन्दा ठूलो जितसमेत हो।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here