घर अर्थ / वाणिज्य सिभिल बैंक लिमिटेड र जनरल इन्स्योरेन्सबीच सम्झौता

सिभिल बैंक लिमिटेड र जनरल इन्स्योरेन्सबीच सम्झौता

610
0

काठमाडौं–सिभिल बैंक लिमिटेडले वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले जनरल इन्स्योरेन्स कम्पनी नेपालसँग सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र जनरल इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक एस.के. टामोटले हस्ताक्षर गरेका छन् ।

अब जनरल इन्स्योरेन्सका वीमा सेवालाई विना झन्झट सिभिल बैंकका ७१ शाखाहरु मार्पmत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।

सिभिल बैंकले यस अघि पनि निर्जीवन वीमा कम्पनीहरु तथा जीवन वीमा कम्पनीहरुसँग सम्झौता गरी निर्जीवन वीमा तथा जीवन वीमा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here